नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रलाई अस्थिरतातर्फ हिँडाउन खोजेर कसैको पनि हित नहुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै ओलीले वृहत्तर राष्ट्रिय हितमा काम गर्नका लागि कांग्रेससँग आग्रह गरेका हुन्।
‘मेरा मित्र एवं कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई म आग्रह गर्न चाहन्छु, हामी वृहत्तर राष्ट्रिय हितमा काम गरौं। मेरो आग्रह छ’, ओलीले भने, ‘राजनीतिक स्थिरताका लागि योगदान गरौं। अनिश्चय र अस्थिरताको बिउ स्वयंका लागि प्रतित्युप्पदाक हुनसक्छ भन्ने बुझौं। कोहीपनि जालन्धर नबनौं। स्वस्थानीको सिजन छ नि।’
उनले ०५२, ०५८ र ०७२ का अनुभवलाई सम्झनपर्ने पनि बताए।
‘कम्तिमा पनि ०५२,०५८ र ०७२ का अनुभव हामीसँग छ। अब राष्ट्रलाई अस्थिरतातर्फ हिडाउन खोजेर हित हुँदैन। हित हुन्छ केवल धमिलो पानीमा माछा मार्न पल्केकाहरुको। लोकतन्त्र व्यक्ति र दलविशेषका लागि होइन,’ ओलीले भने।
Shares
प्रतिक्रिया