नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो दिनको बैठक सुरु भएको हो।
संगठन विस्तार, पार्टी एकता र नेताहरुको कार्यविभाजन लगातका विषयमा छलफल गर्नका लागि बैठक बसेको हो।
यसअघि सोमबार दिउँसो बसेको बैठक स्थगित भएको थियो।
गत शुक्रबार सर्वोच्च अदालतको आदेशले अनागरिक ठहर भएसँगै रवि लामिछानेले उपप्रधान एवम् गृहमन्त्रीबाट राजीनामा दिएका थिए।
सोमबारको बैठकमा गृह मन्त्रालयको बारेमा छलफल भएको थियो। आजको बैठकमा पनि रविबारे छलफल हुनसक्ने जनाइएको छ।
42
Shares
प्रतिक्रिया