नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सूचनाको हकसम्बन्धी कानुनलाई कमजोर पार्ने गरी सरकारले गरेको निर्णय फिर्ता लिन माग गरेका छन्।
उनले सूचनाको हकलाई लोकतन्त्र, नागरिक शसक्तिकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हकका रुपमा चित्रित गर्दै निर्णय फिर्ता लिन माग गरेका हुन्।
‘संविधानले ग्यारेन्टी गरेको सूचनाको हक लोकतन्त्र, नागरिक शसक्तिकरण र सुशासनलाई सबल बनाउने महत्वपूर्ण हक हो,’
कोइरालाले ट्विट गर्दै भनेका छन्, ‘सरकारले यो हक र यस सम्बन्धी कानुनलाई कमजोर पार्ने र ८७ वटा नीतिगत विषय गोप्य रहने गरि निर्णय गरेकोमा खेद प्रकट गर्दछु। अबिलम्ब यो निर्णय फिर्ता गर्न म सरकारसँग माग गर्दछु।’
48
Shares
प्रतिक्रिया