ad ad

राजनीति


‘उमा भुजेललाई जेल हाल्नु इतिहासकै मजाक’

‘उमा भुजेललाई जेल हाल्नु इतिहासकै मजाक’

नेपालखबर
पुस १३, २०७६ आइतबार ८:४०,

पूर्व माओवादी नेता डा. बाबुराम भट्टराईले विप्लव नेकपाकी नेतृ उमा भुजेललाई गिरफ्तार गर्नु जनयुद्धको अपमान भएको बताएका छन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले गोरखा जेल ब्रेककी नायिका भुजेललाई रामबहादुर थापा गृहमन्त्री भएको बेला जेल हाल्न तम्सनुले इतिहासकै मजाक भएको बताएका हुन्।

‘प्रतिबन्धित नेकपाकी केन्द्रीय सदस्य भुजेल पक्राउ’ शिर्षकको समाचारको कटिङ राखेर सामाजक सञ्जालमा डा. भट्टराईले लेखेका छन्, ‘उहिले खड्गप्रसाद गृहमन्त्री छँदा सिंहदरबार अगाडि खुकुरीको मार खाएर जनयुद्धमा लाग्नेहरू ऐले उनै खड्गप्रसाद प्रम हुँदा उनकै गृहमन्त्री बनेर जनयुद्धमा गोरखा जेलब्रेककी नायिका उमा भूजेललाई जेलहाल्न तम्सिनु इतिहासको कत्रो मजाक! History repeats itself because men repeat their mistakes?’

प्रहरीले शनिबार बिहान नेतृ उमा भुजेललाई सुनसरीको बरोलाबाट पक्राउ गरेको थियो।

अन्तरिम व्यवस्थापिका संसदकी सदस्यसमेत रहेकी भुजेल तत्कालिन माओवादीका तर्फबाट २०५७ चैत्र २७ गते जेलब्रेक गर्ने महिला समूहकी कमाण्डर थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .