ad ad

प्रविधि


अनौंठो व्यवहार गरिरहेको ठूलो रातो तारा विस्फोटको संघारमा

अनौंठो व्यवहार गरिरहेको ठूलो रातो तारा विस्फोटको संघारमा

नेपालखबर
पुस १३, २०७६ आइतबार ८:४७,

यतिबेला बेटलगुस तारा चम्किलो ताराको २३ औं स्थानमा पुगेको छ। खगोलशास्त्रीहरु यस तारालाई रातो तारा भन्ने गर्दछन्।

उनीहरुका अनुसार यस ताराले यतिबेला अनौंठो व्यवहार देखाइरहेको छ।

हालै अमेरिकाको पेनसिल्भानियास्थित भिल्लानोभा युनिभर्सिटीको अनुसन्धान ‘द फेन्टिङ अफ दि नियरबाई सुपरजायन्ट बेटेलगुस’मा बेटलगुस तारा विस्फोटको संघारमा रहेको बताइएको छ।

भिल्लानोभा युनिभर्सिटीका प्राध्यापक इड ग्युनान भन्छन्,‘यस ताराले गत अक्टोबरदेखि आफ्नो चम्किलोपन गुमाउँदै गएको छ। हालसम्म यसले आफ्नो चम्किलोपनको २.५ गुणा हिस्सा गुमाइसकेको छ।’

यसकारण पहिले आकाशको ९ औं चम्किलो तारा रहेको बेटलगुस यतिबेला २३ औं चम्किलो तारा बन्न पुगेको छ।

Image result for The star, Betelgeuse

ताराले आफ्नो चम्किलोपन गुमाउनु फेरि पहिल्यैकै अवस्थामा आउनु स्वभाविक मानिन्छ। तर यस ताराले भने आफ्नो चम्किलोपन गुमाउँदै मात्र गएको छ।

अनुसन्धानकर्ताहरुका अनुसार यसरी असामान्य हिसाबमा यस ताराले आफ्नो चम्किलोपन गुमाएको पहिलोपटक हो।

९० लाख वर्ष पुरानो यस तारा पृथ्वीभन्दा ७ सय लाइट वर्ष टाढा भएको जनाइएको छ।

वैज्ञानिकहरुका अनुसार यो तारा २ अथवा ३ लाख वर्षभित्र विस्फोट हुनेछ र यसको विलय हुनेछ। सीएनएन

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .