रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतबाट बदर भएसँगै निजी गाडीमा गृह मन्त्रालयबाट बाहिरिएका छन्।
दिनभर सर्वोच्चको फैसला कुरेर मन्त्रालयमै बसेका लामिछाने साँझ साढे ६ बजेतिर मन्त्रालयबाट बाहिरिएका हुन्।
उनी गृहमन्त्रालयबाट सिधै बालुवाटार पुगेका छन्।
उनी गृह मन्त्रालयबाट आफ्नै निजी गाडीमा बाहिरिएका छन्। गृहमन्त्रीको गाडी र सुरक्षा मन्त्रालयमै छाडेका छन्।
गृह मन्त्रालयबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै सर्वोच्चको फैसला स्वीकार गर्ने बताए।
उनले भने, ‘सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु। यसको विकल्प नै छैन।’
रास्वपाको सभापति लगायत विषयमा सोधिएको प्रश्नमा भने, ‘म रास्वपाको अध्यक्ष पनि रहिनँ। म केही पनि रहिनँ। अहिले मसँग कुनै पनि प्रश्नको जवाफ पनि छैन। परिचय नै नभएको अनागरिकलाई के प्रश्न गर्नुहुन्छ।’
Shares
प्रतिक्रिया