सर्वोच्च अदालतबाट नागरिकता रद्द गरिएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गरेको बताएका छन्।
नागरिकता रद्दको फैसलापछि गृहमन्त्रालयबाट निस्कँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फैसलाको स्वागत गरेका हुन्।
सञ्चारकर्मीले सोधेको एक प्रश्नमा उनले भने, ‘अनागरिकले के गर्छ सबले बुझेकै छन्।’
सर्वोच्च अदालतको फैसलालाई कुन रुपमा लिनुभएको छ भन्ने प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिए, ‘स्वागत गर्छु। सर्वोच्च अदालत भन्दा माथि अर्को कुनै निकाय छ र?’
रास्वापाको अध्यक्षको हैसियतबारे उनले भने, ‘म अब अध्यक्ष रहिन।’
थप प्रश्नबारे बोल्न नचाहेका उनले भने, ‘तपाइँहरुले कसलाई प्रश्न गर्नुभएको? प्रश्न सोध्न त एउटा परिचय चाहिएला नि। यतिखेर एउटा परिचय नभएको, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ?’
समसामयिक राजनीतिबारे रास्वापाको धारणा बुझ्न खोज्दा ‘थाह भएन’ भन्दै उनी निजी गाडीमा मन्त्रालयबाट बाहिरिए।
रवि लामिछाने गैरनागरिक रहेको सर्वोच्चको ठहर, सांसद पद पनि गयो
Shares
प्रतिक्रिया