सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि औपचारिक वार्ता सुरु भएको छ।
आइतबारदेखि दुई पार्टीका एकता संयोजन समितिले वार्ता सुरु गरेका हुन्। पहिलो वार्तामा पार्टी एकता, वर्तमान र भविष्यको राजनीतिक यात्रा, दुई पार्टीका दस्तावेज आदानप्रदान भएको जनाइएको छ।
वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल छन्।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएपछि साविक एमाले र माओवादी अलग अलग भएका थिए। एमालेबाट पनि अलग भएको एर्ककृत समाजवादीले पुनः माओवादीसँग पार्टी एकता गर्ने गरी वार्ता थालेको हो।
408
Shares
प्रतिक्रिया