ad ad

राजनीति


शशांक निवासमा पौडेल समूह छुट्टै बैठक बस्दै

शशांक निवासमा पौडेल समूह छुट्टै बैठक बस्दै

नेपालखबर
पुस १२, २०७६ शनिबार ५:१२,

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी रूपमा महत्त्वपूर्ण निर्णय गराएपछि त्यसबारे धारणा बनाउन आज (शनिबार) नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छुट्टै भेला बस्दै छ।

पौडेलनिकट केन्द्रीय सदस्यका अनुसार भेला दिउँसो साढे १२ बजे महामन्त्री शशांक कोइरालाको निवास (महाराजगन्ज)मा बस्नेछ।

‘सहमति गर्नुपर्ने सभापति आफैंले पेलेर गरेको निर्णयमा कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गर्न महामन्त्री कोइराला निवासमा भेला राखिएको छ,’ पौडेल समूहका केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

सभापति देउवाले शुक्रबार पौडेल समूहको बहिष्कारका बीच केन्द्रीय कार्यसमितिको बैठक राखेर १४औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए। साथै विभागको संख्या

बढाउने र भ्रातृ संस्था नेपाल तरुण दलको कार्यसमितिको म्याद ६ महिना थप्ने निर्णयसमेत गराएका थिए।

मंसिर २६ गतेदेखि जारी कार्यसमिति बैठक पौडेल समूहले विभिन्न माग राख्दै बहिष्कार गरिरहेको थियो।

पौडेल समूहले लगातार बैठक बहिष्कार गरेपछि आफू (सभापति), उपसभापति विमलेन्द्र निधिले पौडेल सममूहसँग वार्ता गर्दा पनि निष्कर्ष ननिस्किएको भन्दै देउवाले शुक्रबार पेलेरै निर्णय गराएका हुन्।

याे पनि : पौडेलले बहिष्कार गरेको बैठकबाटै कांग्रेस महाधिवेशनको निर्णय (कार्यतालिका र विभागकाे सूचि)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .