नेकपा माओवादी केद्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि रोल्पाबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। स्रोतका अुनसार स्वास्थ्यमा गडबड भएपछि पुनलाई ललितपुरको धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार गराइँदैछ।
‘गृहजिल्ला समेत रहेको रोल्पामा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पुनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ,’ निकट स्रोतले नेपालखबरसँग भन्यो।
स्रोतका अनुसार उनको अहिले उपचार भइरहेको छ। पुन गत ५ पुसमा मात्रै चीनमा उपचार सकाएर नेपाल फर्किएका थिए।
वंशाणुगत जन्डिसबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। उनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार भएको थियो।
नेपालबाट जाँदा पुनमा निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि तथा तारन्तार वान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए। उपचारपछि भने ती समस्या हटेको छ।
उपचारमा जानुअघि पुनको शरीरमा जन्डिस ९बिलरुबिन० को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ। पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टु सिन्ड्रोम’ भनिन्छ।
गत वर्ष पनि रोगले च्यापेपछि पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गराएका थिए। पुनको उपचारमा डा। चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो। चिकित्सकले बिलरुबिन नियन्त्रित अवस्थामा राख्न पर्याप्त आरामको जरुरत रहेको बताएका छन्।
Shares
प्रतिक्रिया