नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
राजदूत सोङले शुक्रबार शीतल निवास पुगेर आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन्।
उनी कार्यभार सम्हाल्न पुस २४ मा काठमाडौं आइपुगेका थिए। सोङ गत डिसेम्बर २७ मा नेपाल आउने तय भए पनि कोरोनाका कारण तालिका पछि सरेको थियो।
सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ हुन्। उनी यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए।
चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी गत अक्टोबरमा बेइजिङ फर्केको एक महिनापछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको निधो गरेको थियो।
30
Shares
प्रतिक्रिया