कञ्चनपुरका प्रतिनिधि सभाका तीन वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
प्रारम्भिक मतपरिणाम अनुसार दुई क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका अग्रस्थानमा छ एउटा क्षेत्रमा नेकपा एमाले अगाडि छ।
प्रतिनिधि सभा क्षेत्र नं. २ मा नेपाली कांग्रेसका एनपी साउद २ हजार ८५० मत सहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २ हजार ८१२ मत प्राप्त गरेका छन्।
क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका रमेश लेखक ७ हजार ६१६ मत सहित अग्रस्थानमा छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले ४ हजार १६३ मत प्राप्त गरेकी छन्।
कञ्चनपुर क्षेत्र नं. १ मा नेकपा एमालेका तारा लामा तामाङ २ हजार २७४ मत सहित अगाडि छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगरले १ हजार १८४ मत प्राप्त गरेकी छन्।
123
Shares
प्रतिक्रिया