ad ad

राजनीति


सर्लाही–३ मा मतगणना सुरु, बाँकी ३ क्षेत्रमा सर्वदलीय बैठक बस्दै

सर्लाही–३ मा मतगणना सुरु, बाँकी ३ क्षेत्रमा सर्वदलीय बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १२:४५, सर्लाही

सर्लाही क्षेत्र नम्बर– ३ मा मतगणना सुरु भएको छ। 

हरिवनस्थित मालपोत कार्यालयको नवनिर्मित भवनमा साढे १२ बजेदेखि सर्लाही क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको हो।

सर्लाही ३ मा प्रतिनिधि सभा सदस्यको लागि सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका नरेन्द्र साह र एमाले–जसपा गठबन्धनबाट एमालेका हरि उप्रेतीबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

सर्लाहीका बाँकी तीनवटा क्षेत्रमा भने मतगणना सुरु हुन अझै केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ। मतगणनाको लागि सर्लाहीका १, २ र ४ नम्बर क्षेत्रमा अहिले सर्बदलीय बैठक बसिरहेको छ। 

सर्लाही २ मा सत्तारुढ गठबन्धनबाटै माओवादी केन्द्रका महिन्द्र यादव र लोसपाका राजेन्द्र महतोबीच प्रतिस्पर्धा हुने अनुमान छ। 

यो क्षेत्रमा एमाले जसपा गठबन्धनबाट राजनारायण साह उम्मेदवार छन्। उनी एमालेका जिल्ला अध्यक्ष हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .