ad ad

राजनीति


एमाले दोस्रो, तेस्रो होला, कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्छ : शेखर कोइराला

एमाले दोस्रो, तेस्रो होला, कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्छ : शेखर कोइराला

मतदानका क्रममा डा. शेखर कोइराला। तस्बिर : ध्रुव भट्टराई/नेपालखबर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ९:५२, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो निर्वाचनमा नेकपा एमाले दोस्रो या तेस्रो हुने बताएका छन्। 

विराटनगर महानगरपालिका-७ स्थित आदर्श स्कुल विराटनगर मतदान केन्द्रमा मतदानपछि कोइरालाले यसो भनेका हुन्।

'एमालेको अवस्था दोस्रो तेस्रो होला। पहिल त कांग्रस नै हुने हो', उनले भने, 'सुशासन दिन्छौँ भन्ने कुरामा ढुक्क हुनुस्। 
दाबी त नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ।'

उनले कांग्रेसबाट यो वा त्यो प्रधानमन्त्री बन्ने कुरा नभएको बताए। 'कांग्रेसको नेतृत्वमा सरकार बन्छ', उनले भने, 'कांग्रेसबाट म जस्ता व्यक्ति पनि संसदमा जान्छौँ। सुशासन दिन सकेनौँ भने हामी बोलिरहन्छौँ खबरदारी गरिररहन्छौँ' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .