काठमाडौं क्षेत्र नम्बर ९ का उम्मेदवार मिलन पाण्डेले प्रतिस्पर्धी कृष्णगोपाल श्रेष्ठसँग एजेण्डा र भिजनमा बहस गर्न आतुर रहेको बताएका छन्।
चुनावी प्रचार प्रसारका क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले आफूसँग बहस गर्नका लागि श्रेष्ठ नआएको पनि गुनासो गरे। ‘एउटा सञ्चार माध्यमले बहसको लागी बोलाएको तर उहाँ आउनुभएन्,’ पाण्डेले भने।
उनले सञ्चार माध्यमहरूलाई आफू र कृष्ण गोपाल श्रेष्ठको बहस काठमाडौँ क्षेत्र नं. ९ का मतदाताले हेर्न चाहेकोले आयोजना गरिदिन अनुरोध गरे। पाण्डेले विशेष गरी शिक्षा नीतिमा बहस गर्न श्रेष्ठलाई आव्हान गरे।
पूर्व शिक्षामन्त्री समेत रहेका श्रेष्ठ नेकपा एमालेका तर्फबाट काठमाडौं–९ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छन्।
‘कृष्ण गोपाल श्रेष्ठ पहिलोपटक लड्दै गर्दा म २ वर्षको थिएँ। अहिले ३३ वर्षको भइसक्दा पनि कृष्ण गोपाल श्रेष्ठ ८ औँ पटक फेरी उठ्दा यो क्षेत्रले के नवीनता पाउँछ?’ पाण्डेले प्रश्न गर्दै भनेका छन्।
Shares
प्रतिक्रिया