ad ad

राजनीति


प्रधानमन्त्री हुन योग्य छु, देशका लागि केही गरेर देखाउँछु : प्रकाशमान सिंह

प्रधानमन्त्री हुन योग्य छु, देशका लागि केही गरेर देखाउँछु : प्रकाशमान सिंह

फाइल तस्बिर


नेपालखबर
कात्तिक २, २०७९ बुधबार १२:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन्। 

आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताउनुभएको हो। नेता सिंहले आफूले पार्टीका तल्लोस्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको बताए। 

उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए। 

न्युज एजेन्सी नेपालसँग बुधवार भएको कुराकानीमा नेता सिंहले आफ्ना अनुभवले कुन पदका लागि योग्य छु भन्ने कुरा बोलिसकेको भन्दै प्रधानमन्त्रीको लागि अवसर पाए देशमा केही गरेर देखाउने भोक आफूमा रहेको जिकिर गरे। 

उनले आफूमा कुनै किसिमका लोभ नरहेको उल्लेख गर्दै प्रधानमन्त्री बन्नका लागि आफूमा सबै किसिमको योग्यता पुगिसकेको बताए। 

‘म शुरुवाती चरणदेखि पार्टी प्रतिवन्धित हुँदादेखि अधिकार प्राप्त गर्न जनआन्दोलन, सत्याग्रह, सबैमा होमिएको, जेल जीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालिसकेको, नेविसंघदेखि लिएर नेपाली कांग्रेसको काठमाडौं जिल्ला पटकपटक नेतृत्व सभापति भएर काम गरिसकेको छु', उनले भने, 'संगठनलाई राम्रोसँग मैले बुझेको छु। केन्द्रीय सदस्य विभिन्न पदमा बसेर काम गरेको छु। दोस्रो संविधान सभामा संविधान जारी गर्दा उपप्रधानमन्त्री थिएँ। त्यसबेला नेपाली कांग्रेसको उपनेता पनि थिएँ। यस पटक नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनपछि संसदीय दलको नेताको लागि मैले प्रतिष्पर्धा गरेको व्यक्ति हुँ। म केको लागि फिट छु भन्नेकुरा म बोल्नु भन्दा पनि मेरो अनुभव र विगतका गतिविधिले के देखाउँछ भन्दा अवसर पायो भने म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउनसक्छु भन्ने आत्मविश्वास छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .