पूर्व प्रधानमन्त्री समेत रहेका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष नेपालले सत्ता गठबन्धनको तर्फबाट रौतहट– १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
२०७४ को आम निर्वाचनमा काठमाडौँ– २ बाट विजयी नेपाल २०५१ र २०५६ मा रौतहटबाट प्रतिनिधि सभामा विजयी भएका थिए । २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौँ र रौतहट दुबै जिल्लाबाट पराजित भएपनि २०७० मा भने उनी काठमाडौँ– २ र रौतहटबाट विजयी भएका थिए ।
गत स्थानीय तह निर्वाचनमा रौतहट– १ मा एकिकृत समाजवादीले उत्कृष्ठ नतिजा निकालेपछि नेपालले काठमाडौँ– २ छाडेर रौतहट रोजेका हुन् । एकिकृत समाजवादी एक्लै बलियो रहेको सो निर्वाचन क्षेत्रमा सत्तागठबन्धनको समेत साथ रहेकाले अध्यक्ष नेपाललाई निर्वाचन जित्न सहज हुने ठानिएको छ ।
Shares
प्रतिक्रिया