नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफःँटसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
ओली र यादववीच भएको लिखित सहमतिअनुसार जसपालाई प्रतिनिधिसभाका १७ सिटमा नेकपा एमालेले सघाउने छ । जसपाले पाएका ती १७ सिटमा प्रदेश १ का सुनसरी १ र मोरङ ५ छन् । त्यस्तै प्रदेश २ का सप्तरी १,२ र ३, सिराहा २ र ४ धनुषा १, महोत्तरी ३ र ४ सर्लाही १ र ४ रौतहट २, बारा २ र पर्सा १ र २ नम्बर क्षेत्र छन् ।
नवलपरासी पश्चिम, रुपन्देही ४ वा ५ तथा कपिलवस्तुको नाम सहमतिपत्रमा लेखेर मेटिएको छ । ती क्षेत्रमा संघमा नभएर प्रदेशमा मात्र जसपालाई एमालेले सघाउने छ ।
यसअघि जसपालाई दिइएको धनकुटा भने एमालेले आाफैं राखेको छ । धनकुटामा जसपाले बेग्लै उम्मेदवारी उठाउने भएको छ । उम्मेदवारी दर्ताका लागि जसपा नेता रकम चेम्जोङ धनकुटातर्फ लागेका छन् ।
जसपा नेताहरुका अनुसार एमालेसँग तालमेल नभएका क्षेत्रमा दुबै दलले आ–आफ्ना उम्मेदवारी दिनेछन् ।
Shares
प्रतिक्रिया