नेकपा (एमाले)ले कर्णाली प्रदेशका १० जिल्लामा उम्मेदवारको टुंगो लगाएको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगाएको हो।
कर्णाली प्रदेशमा प्रतिनिधि सभातर्फ १२ र प्रदेश सभातर्फ २४ सिट रहेका छन्। ती मध्ये एक प्रतिनिधि सभा र एक प्रदेश सभामा एमालेले उम्मेदवारका लागि छलफल जारी राखेको छ।
जसमा प्रतिनिधि सभा सल्यान र हुम्लाको एक प्रदेश सभा रहेको छ।
यस्तै, एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल,सह-इन्चार्ज गुलाबजंग शाह र प्रदेश अध्यक्ष विनोदकुमार शाह प्रदेशमा उम्मेदवार बनेका छन्।
यसअघि दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि सिफारिसमा परेका एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उप-प्रमुख विष्णु रिजालले भने टिकट पाएका छैनन्।
रिजालसँगै सिफारिसमा पाँच जनाको नाम परेको थियो।
कुन जिल्लामा कसले पाए टिकट?
सुर्खेत
क्षेत्र नम्बर १
प्रतिनिधि सभा : ध्रुव कुमार शाही
प्रदेश सभा : ठम्मर विष्ट र डण्डीप्रसाद शर्मा
क्षेत्र नम्बर २
प्रतिनिधि सभा : अमृत विसी
प्रदेश सभा : यामलाल कंडेल र ताराकेशर गौतम
दैलेख
क्षेत्र नम्बर १
प्रतिनिधि सभा : रविन्द्रराज शर्मा
प्रदेश सभा : धर्मराज रेग्मी र प्रेम थापा
क्षेत्र नम्बर २
प्रतिनिधि सभा : लक्ष्मी पोखरेल
प्रदेश सभा : तिलकप्रसाद रिजाल र विनोदकुमार शाह
कालिकोट
प्रतिनिधि सभा : नागेन्द्र शाही `नेश्नल´
प्रदेश सभा : कृष्ण आचार्य र विरेन्द्र वोगटी
जुम्ला
प्रतिनिधि सभा : रतननाथ योगी
प्रदेश सभा : टेकराज पर्छाइ र धीरेन्द्रराज गिरी
हुम्ला
प्रतिनिधि सभा : दल रावल
प्रदेश सभा : दल फडेरा र अर्को छलफल जारी
डोल्पा
प्रतिनिधि सभा : गणेश शाही
प्रदेश सभा : शेरबहादुर बुढा र धनचन्द्र वैजी
मुगु
प्रतिनिधि सभा : राजु कार्की
प्रदेश सभा : जितबहादुर मल्ल र कर्णबहादुर मल्ल
जाजरकोट
प्रतिनिधि सभा : निरज आचार्य
प्रदेश सभा : डम्बर सिंह र खिमबहादुर शाही
रुकुम पश्चिम
प्रतिनिधि सभा : नन्दलाल शर्मा
प्रदेश सभा : नारायण शाह र कर्णबहादुर घर्ती
सल्यान
प्रतिनिधि सभा : छलफल जारी
प्रदेश सभातर्फ : गुलावजंग शाह र कुलबहादुर गिरी
Shares
प्रतिक्रिया