नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठन गरिएको घोषणापत्र तयारी समिति विस्तार गरेका छन्।
प्रधानमन्त्रीसमेत रहेको देउवाले बुधबार महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिमा ४१ जना मनोनित गरेका हुन्।
जसमा ६ जना सहमहामन्त्री पनि परेका छन्। सहमहामन्त्रीहरु फरमुल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, र जीवन परियारलाई समिति सदस्यमा मनोनित गरिएको केन्द्रीय कार्यालय सानेपाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यस्तै, केन्द्रीय सदस्यहरु मीनबहादुर विश्वकर्मा, किरण यादव, योगेन्द्र चौधरी, रंगमती शाही, प्रा।डा। गोविन्दराज पोख्रेल, सुशीला भट्ट मिश्र र नानु बाँस्तोला पनि समिति सदस्यमा मनोनित भएका छन्। समितिको सदस्य सचिवको जिम्मेवारी केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई दिइएको छ।
यी हुन अन्य सदस्यहरु
अनुराधा कोइराला
किरण गिरि
डा बिष्णु विभु घिमिरे
श्रवण मुकारूङ
डा. स्वर्णीम वाग्ले
डा. सुरेश आचार्य
गेजा शर्मा वाग्ले
मदन कट्टेल
प्रमोदहरी गुरागाईं
डा. अञ्जनी झा
ई. अभिमन्युलाल सिंह
डा. ई. हरि दर्लामी मगर
अधिवक्ता डा. रुद्र शर्मा
डा. सञ्जय महतो थारु
भोजराज श्रेष्ठ
प्रताप पौडेल
डा. बुद्धिमान श्रेष्ठ
शंकर तिवारी
डा. कृष्ण पौडेल
दिपेश घिमिरे
प्रकाश लामिछाने
डा. प्रीति मण्डल
मीन भाम
विनोद दास
सुमित खरेल
विकल राई
Shares
प्रतिक्रिया