नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर साहसिक काम गरेको बताएका छन्।
राष्ट्रपतिको कदमले संविधान उल्लंघन भएको आवाज उठिरहेका बेला एमालेका नेता बस्नेतले भने उच्च सम्मान प्रकट गरेका हुन्।
बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रपतिको तस्वीर सेयर गर्दै बस्नेतले लेखेका छन्,–महामहिम राष्ट्रपति ज्युको साहसिक कदमलाई उच्च सम्मान !’
राष्ट्रपतिको कदमका विषयमा एमालेको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन। नेता बस्नेतले संविधान मिच्ने राष्ट्रपतिको कदमप्रति समर्थन जनाएका छन्।
60
Shares
प्रतिक्रिया