समानुपातिक उम्मेदवारको बन्द सूची बोकेर नेकपा एमालेपनि निर्वाचन आयोग पुगेको छ।
आयोगले दिएको निर्धारित समयमै एमाले आयोग कार्यालय पुगेको हो ।
एमालेका निर्वाचन विभाग उपप्रमुख निरज आचार्य समानुपाति उम्मेदवारको बन्द सूचि बुझाउन गएका हुन् ।
उनले संक्षिप्त प्रतिक्रिया दिँदै केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसारको बन्द सूचि तयार पारिएको बताए।
‘हाम्रो केन्द्रीय समितिबाट निर्णय गराएका थियौँ, यसअघि समानुपातिक बनेका उम्मेदवार दोहोर्याउँदैनौं, अहिले कोही पनि दोहोर्याएका छैनौं, सबै यसअघि समानुपातिक नपरेको नेताहरु हुनुहुन्छ,’ आचार्यले भने, ‘प्रतिनिधि ११० र प्रदेश सभामा २२० जना उम्मेदवारको बन्द सूचि बनाएका छौँ।’
‘नेतृत्व तहका चिनिएका नेता हुनुहुन्छ तर प्रमुख नेता हुनुहुन्न,’ आचार्यले थपे।
66
Shares
प्रतिक्रिया