निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध बयान दिन अधिवक्ताहरु संसदको महाभियोग सिफारिस समितिमा पुगेका छन्।
समितिको बैठक ३ बजेदेखि सुरु हुँदै छ। समितिमा बयान दिँदै जबराले पूर्व तथा बहालवाला न्यायाधीश, अधिवक्ताहरुलाई समेत विभिन्न आरोप लगाएपछि समितिले उनीहरुसँग पनि बयान लिने निर्णय गरेको थियो।
सोहीअनुसार नेपाल बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, पूर्वमहासचिव लीलामणि पौडेल, वर्तमान अध्यक्ष गोपाल कृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, ओमप्रकाश अर्याललगायत पुगेका हुन्।
त्यस्तै सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, ज्येष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी पनि समितिमा पुगेका छन्।
समितिमा बिहीबार ११ जना बयान दिन उपस्थित भएका हुन्।
समितिले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश र बहालवाला न्यायाधीशहरुलाई पनि बोलाएको थियो। तर उनीहरु भने उपस्थित नहुने यसअघि नै जानकारी दिइसकेका छन्।
Shares
प्रतिक्रिया