ad ad

राजनीति


वकिललाई बयान लिन बोलाएर सांसदहरुचाहिँ छुट्टै छलफलमा

वकिललाई बयान लिन बोलाएर सांसदहरुचाहिँ छुट्टै छलफलमा

फाइल तस्बिर


नेपालखबर
भदौ ३०, २०७९ बिहिबार १५:२२, काठमाडौँ

संसदको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाभियोगबारे छलफल जारी छ।

यसअघि समितिले उनीसँग बयान लिने काम सकिसकेको छ भने अब सो क्रममा उनले आरोपित गरेका व्यक्तिहरुसँग बयान लिँदै छ। 

त्यसकै लागि आज ११ जना अधिवक्ताहरु तोकिएको समय ३ बजे समितिमा पुगे पनि सांसदहरु भने उनीहरुलाई बोलाएर छुट्टै आन्तरिक छलफलमा जुटेका छन्। 

समितिमै कुरा मिल्न नसकेपछि उनीहरु अर्को हलमा छलफलमा जुटेका हुन्।  

३ बजेबाट बैठकको तयारी भए पनि एमालेका सांसदले त्यसअघि आन्तरिक छलफल गर्नुपर्ने भनेपछि समिति आन्तरिक छलफलमा जुटेको हो। 

एमाले सांसदहरु विष्णु पौडेल, लालबाबु पण्डितलगायतले यो छलफलअघि छुट्टै कुरा गर्न माग गरेका थिए। 

उनीहरु अर्को भवनमा छलफलमा छन् भने वकिलहरु समितिको नियमित बैठक कक्षमा कुरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .