ad ad

राजनीति


तेह्रथुमबाट माओवादीले गर्‍यो उम्मेदवार सिफारिस, प्रदेशसभा (ख) मा चापागाईं सर्वसम्मत

तेह्रथुमबाट माओवादीले गर्‍यो उम्मेदवार सिफारिस, प्रदेशसभा (ख) मा चापागाईं सर्वसम्मत

दुर्गाप्रसाद चापागाईं।


नेपालखबर
भदौ २३, २०७९ बिहिबार १०:१५, काठमाडौँ

नेकपा माओवादी केन्द्र तेह्रथुमले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।

माओवादी केन्द्रको जिल्ला समिति बैठकले प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फका उम्मेदवार सिफारिस गरेको हो। तेह्रथुममा प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र छ। 

प्रतिनिधिसभामा जिल्ला संयोजक इन्द्रबहादुर इम्सङ लिम्बु सिफारिस भएका छन्। यस्तै, प्रतिनिधिसभाको समानुपातिकतर्फ होमकुमारी लिम्बु खापुङ र नन्दलाल दर्नालको नाम सिफारिस भएको जिल्ला संयोजक लिम्बुले जानकारी दिए।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ तेजबहादुर कटुवाल र समानुपातिकतर्फ दिलकुमारी लिम्बु, जेतेन्द्र लिम्बु कुरुम्वाङ र सूर्यबहादुर विक सिफारिस भएका छन्।

प्रदेश (ख) को प्रत्यक्षतर्फ पोलिट्ब्युरो सदस्य दुर्गाप्रसाद चापागाईं सर्वसम्मत सिफारिस भएका छन्। चापागाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्तका विश्वासपात्र हुन्।

यस्तै प्रदेश (ख) को समानुपातिकमा चुडामणि बराल, तेजमान कन्दङवा र टीकाराम लिम्बुको नाम सिफारिस भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .