नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला झापा–३ बाट प्रत्यक्षतर्फ उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन्।
बिहीवार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिबाट उनको नाम जिल्ला कार्यसमितिमा सिफारिस भएको हो।
जिल्लाले भदौ १८ सम्म प्रदेश कार्यसमितिलाई सिफारिस गर्नुपर्ने छ।
यस्तै, प्रदेशले केन्द्रलाई भदौ २० भित्र रायसहित सिफारिस गर्नुपर्ने कांग्रेसको कार्यतालिका रहेको छ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस भएको छ।
114
Shares
प्रतिक्रिया