आगामी असोज ६ देखि पहिलोपटक हुनलागेको ईभी अटो एक्स्पोमा १६ वटा दुईपांग्रे कम्पनीले सहभागिता जनाउने भएका छन्।
नाडा अटो मोबाइल्स एसोसिएसनको आयोजनामा भृकुटीमण्डपमा विद्युतीय गाडीहरुको प्रदर्शनी मेला आयोजना हुनलागेको हो।
अटो शोमा मुख्य चिनियाँ र भारतीय कम्पनी रहेको ईभी अटो एक्स्पोका संयोजक अनुप कुमार बरालले जानकारी दिए। नेपालमा ईभी उत्पादन यात्री मोटरसाइकलले गरे पनि ईभी अटो एक्स्पोमा भने सहभागिता जनाएको छैन।
४५ वटा स्टल
असोज ९ गतेसम्म चल्ने एक्स्पोमा चारपांग्रे ८ वटा र २ पांग्रे १६ वटा ब्रान्डको सहभागिता रहेको उनले जानकारी दिए। ईभी अटो एक्स्पोमा सवारीसाधनबाहेक अटो पार्ट्स, बैंक तथा वित्तीय संस्था गरी ४५ वटा स्टल रहने बरालले जानकारी दिए।
नाडा ईभी शोमा देख्न पाइनेछ टाटादेखि टेस्लासम्मका विद्युतीय गाडी
दशैंअघि हुनलागेको इभी अटो एक्स्पो ग्राहकहरुको लागि आकर्षक हुने व्यवसायीको विश्वास छ। नाडाले नेपालमा ईभी बिक्री गर्ने अधिकांश कम्पनी सहभागी हुने बताएको छ।
यी हुन् नेपालमा बिक्री भइरहेका विद्युतीय २ पांग्रे
हिरो इलेक्ट्रिक
लक्ष्मी ग्रुपले भित्राई हिरो इलेक्टिक बिक्रीवितरण गर्दै आएको छ। भारतीय ब्रान्ड हिरो लक्ष्मी ई मोबिलिटीले त्रिपुरेश्वरमा शोरुम राखी बिक्रीवितरण गर्दै आएको छ। प्रतिघण्टा ४५ किलोमिटर कुद्नसक्ने स्कुटर छन्।
स्कुटरको एकपटकको चार्जमा ८२ किलोमिटरदेखि १६५ सम्म कुद्न सक्छन्। २ लाख ९ हजारदेखि २ लाख ८४ हजार रुपैयाँसम्मका स्कुटर छन्। ई मोबिलिटीका अनुसार नाडा ईभी शोमा ४ वटा हिरो इलेक्ट्रिकका मोडलको उपस्थिति रहनेछ।
एनआईयू
विद्युतीय स्कुटर बिक्री गर्दै आएको एनआईयूले अटो एक्स्पोमा सहभागिता जनाउनेछ। धेरै बिक्री हुने विद्युतीयमध्ये एनआईयू पर्छ। चीनको बेइजिङमा मुख्य कार्यालय रहेको एनआईयूका स्कुटर एक पटकको चार्जमा ७० किमि कुद्न सक्छन्।
एनआईयूका डेढ लाखदेखि साढे ४ लाख रुपैयाँसम्मका स्कुटर नेपालमा उपलब्ध छन्। कम्पनीले हाल ८ वटा मोडल बिक्रीवितरण गरिरहेको छ।
टेलजी
कोभिड महामारीको समयमा नेपाल भित्रिएको टेलजीले स्कुटरका विभिन्न मोडल आउँदै छन्। योमामा ई मोटर्स प्रा.लिले नेपालमा टेलजीका ब्रान्ड भित्र्याइरहेको छ। टेलजीले १ लाख ८३ हजारदेखि २ लाख १० हजार रुपैयाँसम्मका स्कुटर बिक्री गर्छ। योमा मा ई मोटर्सले जिनियस ब्रान्डको विद्युतीय मोटरसाइकल भित्र्याएको छ। यसको मूल्य २ लाख ७८ हजारदेखि ३ लाख ७८ हजार रुपैयाँ छ।
पियोर ईभी
भारतीय ब्रान्ड पियोर इभी ह्वाइट लोटर ग्रुपले बिक्रीवितरण गर्दै आएको छ। कम्पनीले नेपालमा ई प्लुटो ७ जी र इन्ट्रान्स नियो बजारमा उपलब्ध गराउँदै आएको छ। ई प्लुटोको २ लाख ७५ हजार र इन्ट्रान्सको २ लाख ६० हजार रुपैयाँ रहेको छ।
याडिया
कुजु नेपाल प्रा.लिले याडिया ब्रान्डका स्कुटर नेपाल भित्र्याएको छ। प्रिमियम डिजाइनमा उपलब्ध स्कुटर २ लाख ३० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्मका रहेका छन्।
लेभ्निङ
नेपाल मोटर्स प्रा.लिले लिभनिङका थुप्रै मोडल नेपालमा सार्वजनिक गरेको छ। २ लाख ९ हजार देखी ५ लाख ५९ हजार रुपैयाँसम्मका स्कुटर बजारमा उपलब्ध रहेको छ।
सेगवे
गत चैतमा नेपालमा सार्वजनिक भएको सेगवे ब्रान्ड रहेको छ। सेगवेले ई१२५ स्कुटर सार्वजनिक गरेको थियो। आईहव प्रा.लिले विभिन्न मोडलका स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको थियो। सेगवेका नाइनबोट स्कुटर २ लाख ८५ हजारदेखि ३ लाख ९० हजार रुपैयाँसम्म तोकेको छ।
सुपर स्को
डी लाइफ स्टाइलले सुपर सोको ब्रान्ड नेपाल भित्राएको छ। एक पटकको चार्जमा ९५ किलोमिटर सम्म कुद्न सक्ने स्कुटर १ लाख ८० हजार देखी ५ लाख ९० हजार रुपैयाँ सम्मका रहेका छन्।
दुहान
केलिबर अटोले दुहान स्मार्ट इलेक्ट्रिक भेहिकल रहेको छ। कम्पनीका १ लाख ५९ हजारदेखि ३ लाख ६० हजारसम्मका स्कुटर बजारमा रहेका छन्। यसका ३ प्रांगे साधन समेत रहेका छन्। स्कुटरको रेञ्ज ७० किलोमिटरदेखि १०० किलोमिटर सम्म रहेको छ।
ओला स्कुटर
सीजी मोटर्सले विद्युतीय स्कुटर ओला नाडा ईभी अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ।
चौधरी ग्रुपको एस १ र एस १ प्रो स्कुटर अटो शोमा सार्वजनिक पहिलो पटक सार्वजनिक हुँदै छ।
ओला एसवान एक पटकको चार्जमा १२१ किमिसम्म गुड्छ।
यसबाहेक भारतीय ब्रान्ड कोमाकी ईभी पनि नेपाल भित्रिसकेका छन्। स्कुटरको टप स्टिड प्रतिघण्टा ८५ किलोमिटर छ। २ लाख ९५ हजारदेखि ४ लाख ३५ हजार रुपैयाँ छ। कोमाकीका स्कुटरसँगै विद्युतीय बाइक समेत रहेका छन्।
कोमाकीले नाडा अटो ईभी एक्स्पोमा सहभागिता नजनाएको नाडाले जनाएको छ। ४ वटा मोडलमा बिक्रीवितरण गरिरहेको कोमाकीले थप दुई मोडल आगामी हप्ता भित्रिँदै गरेको जानकारी दिएको छ।
त्यसबाहेक जापानिज ब्रान्ड टेरा मोटर्स २०१० देखि बिक्रीवितरण गर्दै आएको छ। टेराको ईको स्कुटर बजारमा बिक्रीवितरण भइरहेको छ। चिनियाँ बान्ड जुम्बो मोटर्स प्रा.लि आधिकारिक डिलर छ। ३ किलोवाटको मोटर रहेको स्कुटरमा नर्मल चार्जर ४ घण्टामा फुल चार्ज हुन्छ।
Shares
प्रतिक्रिया