ad ad

राजनीति


पूर्वमेयर विद्यासुन्दर दुई क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस

पूर्वमेयर विद्यासुन्दर दुई क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार ११:५, काठमाडौँ

काठमाडौं महानगरपालिकाको मेयरका रुपमा आफ्नो पाँच वर्षे कार्यकाल सफल बनाउन नसकेका विद्यासुन्दर शाक्यलाई दुई ठाउँबाट संघीय सांसदको उम्मेदवरका रुपमा नेकपा एमालेले सिफारिस गरेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका राजुराज जोशीलाई हराउँदै मेयर बनेका शाक्यको सुस्त कार्यशैलीका कारण एमालेले चर्को आलोचना खेप्नुपरेको थियो।

शाक्यकै कार्यअक्षमताका कारण समेत एमालेले यो स्थानीय तह निर्वाचनमा पकड हुँदा हुँदै पनि मेयर पद गुमाएको थियो।

अनेक विवादमा परेपछि मेयरका उम्मेदवार केशव स्थापित बालेन्द्र शाहसँग पराजित भएका थिए। स्थापितलाई खुलेर सहयोग नगरेको आरोप उनीमाथि लागेको थियो।

यस्तोमा शाक्यलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेका दुईवटा क्षेत्रीय कमिटिले जिल्लामा सिफारिस गरेका हुन्।

शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ७ बाट संघीय सांसदको उम्मेदवारका लागि सिफारिस भएको हो। 

क्षेत्र नम्बर ७ बाट यसअघि ललितपुर उठ्दै आएका रघुजी पन्तसको नाम पनि सिफारिस भएको छ। 

शाक्य र पन्तसँगै इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम पनि संघीय सांसदको उम्मेदवारका लागि एमालेले सिफारिस गरेको छ। एक क्षेत्रबाट बढीमा ३ जनाको मात्रै नाम पठाउन एमालेको निर्देशन थियो। 

त्यस्तै पूर्वमेयर शाक्यको नाम काठमाडौं क्षेत्र नम्बर ९ बाट पनि सिफारिस भएको छ। एमालेले यो क्षेत्रबाट पूर्वमन्त्री एवम् स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य र डा. अजय क्रान्ति शाक्यको नाम पनि सिफारिस गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .