अमेरिकी राष्ट्रपति जो बाइडेनकी लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूत जेसिका स्टर्न मंगलबार काठमाडौँ आएकी छन्।
स्टर्न पाँच दिन नेपाल भ्रमणमा रहने अमेरिकी दूतावासले जनाएको छ। यहाँ रहँदा उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नेता र नागरिक समाजका प्रतिनिधी लगायतसँग भेट्ने कार्यक्रम छ।
उनले काठमाडौंमा हुने एउटा कन्सर्टमा पनि सहभागिता जनाउने छिन्।
स्टर्न जुन २०२१ यता उक्त जिम्मेवारीमा छन्। अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलोपटक सन् २०१५ मा लैंगिक तथा यौनिक अल्पसंख्यक मामिला हेर्ने विशेष दूतको नियुक्तिकाे अभ्यास शुरु गरेका थिए।
उक्त पदमा नियुक्त हुने पहिलो ब्यक्ति र्यान्डी बेरी थिए, जो नेपालका लागि सन् २०१८ देखि २०२२ सम्म राजदूतका रुपमा काम गरे।
लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका हकहितबारे अमेरिकाले विश्वका विभिन्न देशमा अभियान चलाइरहेको छ। नेपालमा पनि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई अमेरिकाको सहयोग रहँदै आएको छ।
Shares
प्रतिक्रिया