अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले ३ महिने अभियानपछि नेकपा माओवादी केन्द्रमा ५ लाख नयाँ मतदात थपिने दाबी गरेकी छन्।
अखिल (क्रान्तिकारी) विश्वविद्यालय कमाण्डले आज चितवनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सिंहको यस्तो बताएकी हुन्।
उनले आउँदो संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो कम्युनिष्ट पार्टी बनाउने गरि लाग्न समेत कार्यकर्ताहरुलाई निर्देशन दिइन्।
क्रान्तिकारीका महासचिव दिपेश पुन, उपाध्यक्ष मदन भट्टराईले प्रशिक्षण दिएको कार्यक्रममा, कृषि तथा वन, मध्यपश्चिम र संस्कृत विश्वविद्यालय सहित सीटइिभीटीटीका नेता कार्यकर्ताको सहभागिता रहेको सचिव उपेन्द्र शाहीले जानकारी दिए।
48
Shares
प्रतिक्रिया