अर्थमन्त्री पदमा पुनः जनार्दन शर्मा नै फर्किने भएका छन्।
साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
अर्थमा जनार्दन शर्मा फर्किनुहुन्छ’, उनले नेपालखबरसँग भने, ‘साँझ शपथ हुनेछ।’
बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।
उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियाे।
त्यसपछि शर्मालाई नै पुन: अर्थमन्त्री पदमा फर्काउन लागिएको हाे।
561
Shares
प्रतिक्रिया