ad ad

राजनीति


पार्टी अन्तर्घातको छानबिन र विद्यार्थी संगठनको विवाद मिलाउन माओवादीले बनायो समिति

पार्टी अन्तर्घातको छानबिन र विद्यार्थी संगठनको विवाद मिलाउन माओवादीले बनायो समिति

नेपालखबर
असार २५, २०७९ शनिबार ११:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको घात अन्तर्घातको छानबिन गर्न ३ सदस्यीय समिति बनाउने निर्णय गरेको हो।

कतिपय केन्द्रीय सदस्यको विरुद्धमा पनि आवाज उठेको कारणले ३ जनाको छानबिन समिति बनाइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। 

समितिका संयोजक टंक राई रहने र सदस्यहरुमा मुक्ति प्रधान र खिमलाल देवकोटा हुने महराले जानकारी दिए।

यस्तै अखिल क्रान्तिकारीमा देखिएको समस्या समाधानका लागि पूर्व विद्यार्थी नेताहरू सम्मिलित तीन सदस्यीय सुझाव समिति गठन गरिएको उनले जानकारी दिए। 

जसमा रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल सदस्य छन्। उक्त समितिले समाधानको उपाय लिएर दिएको सुझावपछि स्थायी कमिटीले विवाद निर्णय लिने उनले जानकारी दिए।

यसअघि बसेको केन्द्रीय समिति बैठकमा पनि विद्यार्थी संगठनको विवाद समाधान गर्न विशेष कमिटी गठन गर्ने प्रचण्डले बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .