नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशी शक्तिको आँखा नेपालमा गाडिएको बताएका छन्।
पार्टीनिकट अखिल नेपाल महिला संघको बैठकलाई आइतवार काठमाडौंमा सम्बोधनका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
'विदेशी शक्तिहरुको आँखा नेपालमा गाडिएको छ। हामीले होस पुर्याउनपर्ने छ', उनले भने, 'राजतन्त्र फर्काउने शक्ति लागेको छ, यो सफल हुने छैन।'
उनले समस्या भए पनि गठबन्धन रहिरहने बताएकाछन्। 'यो गठबन्धन सरकार कायम रहन्छ। केही केही समस्या छन् भने पनि जुध्नुपर्छ', उनले भने, 'एकता भनेको निश्वार्थ हुँदैन, सशर्त हो। हामी आफैँ नमूना बनेर काम गरेर देखाउन सक्नुपर्छ।'
नेपालले अब आउने समयमा पार्टी जनसंगठनको ब्यापक विस्तारमा जोड दिन आग्रह गरे। उनले वैचारिक काममा लाग्न पनि निर्देशन दिए।
नेपालले स्वतन्त्रको लहरले मात्रै केही नहुने पनि बताए। 'अहिले स्वतन्त्रकै जमाना छ भनेर लहर चल्दैछ। तर, यो स्वतन्त्रले हुँदो रहेनछ', उनले भने, 'विस्तारै अनुभुति हुँदै जानेरहेछ। कामले हुन्छ, इमानदारिताले हुन्छ। लगातारको लगनशीलताले हुन्छ।'
Shares
प्रतिक्रिया