टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले मंगलबार आगामी यात्राबारे औपचारिक घोषणा गर्दैछन्।
राजनीतिमा होमिने निर्णयपछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले भित्र्याउन खोजिरहेका बेला उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन्।
उनको घोषणा कार्यक्रम राष्ट्रियसभा गृहमा हुने भएपछि समर्थक र शुभेच्छुकहरु पुग्न थालेका छन्।
राष्ट्रियसभा गृहस्थित कार्यक्रमस्थलमा प्रवेश गर्न मानिसहरुको लामो लाइन सडकसम्मै आइपुगेको छ।
पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले दिउँसो १ बजे राजनीतिक यात्राबारे विस्तृत जानकारी दिँदैछन्।
राजनीतिमा नयाँ पुस्ताका रुपमा उदाउने योजनामा रहेका लामिछानेले टेलिभिजन छोडेकै दिन गत बिहीबार आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए।
Shares
प्रतिक्रिया