ad ad

राजनीति


राज्यमन्त्री वलीबारे सरकारको धारणा माग्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

बजेट प्रस्तुत हुन सकेन
राज्यमन्त्री वलीबारे सरकारको धारणा माग्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

नेपालखबर
असार १, २०७९ बुधबार १६:५४, बुटवल

नेकपा (एमाले)ले लुम्बिनीकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी वलीको घट्नाबारे प्रदेश सरकारको धारणा माग गर्दै संसद अवरुद्ध गरेको छ।

बुधबार दिउँसो ४ बजे बसेको प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गर्ने कार्यसूचि थियो।

बैठक सुरु हुने वित्तिकै विपक्षी एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले राज्यमन्त्री वलीको घटनाका सम्बन्धमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक नगर्दासम्म प्रदेश सभा बैठक चल्न नदिने बताए।

मंगलबारको घट्नाले प्रदेश सांसदहरु मात्र नभई समग्र लुम्बिनी प्रदेशबासीको शिर निहुरिएको उनले बताए।

झण्डावाल गाडीबाट प्रदेश सरकारका मन्त्री बाहिर बाहिर निस्की महिला र बच्चामाथि हातपात हुनु र ज्यान जोगाउन छिमेकी गुहार्ने अवस्था आउने अवस्थाले सबैलाई लज्जित गराएकाले सरकारको धारणा मागिएको ढकालले बताए।

मुख्यमन्त्रीको दबाबले छोडिएको भन्ने कुरा आएको भन्दै उनले  सरकारले जनताको जिउधनको रक्षा गर्न नसकेको आरोप लगाए।

एमालेले संसद चल्न नसक्ने बताएपछि सभामुखले पूर्णबहादुर घर्तिले सरकारको ध्यानाकर्षण गराउँदै बैठक २५ मिनेटको लागि स्थगित गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .