धनुषाको मिथिला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी तालमेल भएको छ।
जसपाले ११ वटा वडा मध्ये ५ वटा वडामा वडाध्यक्ष पाएका छन्। माओवादीले ६ वटा वडाध्यक्षसहित मेयर, उपमेयर पाएको छ।
जसपाले १,२,४,५ र ६ नम्बर वडा पाएको छ। यस्तै माओवादी केन्द्रले वडा नं. ३,७,८,९,१० र ११ नम्बर वडा भागमा पाएको छ।
माओवादी केन्द्रबाट मेयरमा रामकुमार महतो र उपमेयरमा बिमला अधिकारीले मनोनयन दर्ता गराएका छन्।
भागबण्डामा परेका वडाबाट दुवै दलले वडाध्यक्षसहित सदस्य पदमा उम्मेदवारी दर्ता गराएको मेयरका उम्मेदवार महतोले बताए।
यस नगरपालिकामा गत २०७४ को चुनावमा एमालेका उम्मेदवार हरिनारायण महतो ६ हजार ७४० मत ल्याएर विजयी भएका थिए।
1.4k
Shares
प्रतिक्रिया