लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउन सिफारिस गरिसकेको अवस्थामा जानकीराम साह एमालेमा प्रवेश गरेका छन्।
जनकपुरधाम वडा नं. ७ का वडाध्यक्ष साहलाई मंगलबार काठमाडौंमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टीका र खादाले पार्टीमा स्वागत गरेका हुन्।
२०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपा नेपालबाट वडाध्यक्ष निर्वाचित साह बनेकी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लोसपाबाट मेयर पदका लागि आकांक्षी थिए। यसका लागि लोसपा नगर कमिटीले उनीसहित ५ जनाको नाम प्रदेश समितिमा सिफारिस पनि गरिसकेको छ।
तर टिकट पाउने सम्भावना कम देखिएपछि साह लोसपा छाडेर एमालेमा प्रवेश गरेका हुन्।
यो पनि : लोसपाबाट जनकपुरधामका मेयर र उपमेयरको लागि ५-५ जनाको नाम सिफारिस
1.2k
Shares
प्रतिक्रिया