धनुषामा नेपाली कांग्रेसको सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
जनकपुरधामको गोपाल धर्मशालामा संस्थापन पक्षबाट एक जना र संस्थापन इतरबाट २ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
संस्थापन पक्षबाट वर्तमान जिल्ला उपसभापति संतोष यादवले मनोनयन दर्ता गराएका छन्। संस्थापन इतर नेता बिमलेन्द्र निधि समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार र शेखर कोइराला समूहबाट संविधान सभा सदस्य दिनेश प्रसैला यादवले उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिका लागि गणेश प्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएका छन्।
यस्तै, सचिवका लागि ९ जनाले उम्मेदवारी दिएका छन्। नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले सचिव पदमा उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
सहसचिवमा धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्र कुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले उम्मेदवारी दिएका छन्।
नयाँ नेतृत्वका लागि सर्वसम्मत हुन नसकेपछि चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको छ।
Shares
प्रतिक्रिया