लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का असन्तुष्ट पक्षले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँत्याएका छन्।
केन्द्रीय सदस्य वृशेष चन्द्र लाल र डा. विजय सिंह पक्षले तमलोपा ब्युँत्याएको हो।
महन्त ठाकुर नेतृत्वको तमलोपा हुँदा लाल उपाध्यक्ष रहेका थिए। पछि समाजवादी फोरम र तमलोपा एकता भएपछि जसपा बनेको थियो।
जसपा विभाजित भएपछि महन्त ठाकुर नेतृत्वमा लोसपा नयाँ दल बनेको थियो। लोसपाको पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै केही दिनअघि नेता लाल र डा. सिंहले पार्टी परित्याग गरेका थिए।
आज जनकपुरमा एक समारोहबीच ५५ सदस्यीय तमलोपा पार्टी पदाधिकारीको घोषणा गरिएको छ। नेता लाल अध्यक्ष र डा. सिंह वरिस्ठ नेता रहेका छन्। अन्य सबै केन्द्रीय सदस्य छन्।
279
Shares
प्रतिक्रिया