रुपन्देहीको बुटवलमा बन्द गराउँदै हिँडेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ वटा कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा बुधबार आजका लागि नेपाल बन्द घोषणा गरेका हुन्।
यसलाई सफल पार्न सडकमा उत्रेको बेला नयाँबसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
पक्राउ पर्नेमा विप्लव नेकपाका रुपन्देहीका जिल्ला सदस्य नवीन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु छन्। त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विकलगायत नेता/कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।
बन्दको प्रभाव बुटवलमा पनि बिहानैदेखि परेको छ। सडकमा फाट्टफुट्ट मात्र निजी गाडी चलिरहेका छन्।
यी पनि :
एमसीसीको विरोधमा बन्द गर्न खोज्ने ६ जना काठमाडौँबाट पक्राउ
एमसीसीको विरोधमा बन्दको प्रभाव : कैलालीको राजमार्गमा भेटियो बमजस्तो वस्तु
Shares
प्रतिक्रिया