लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डीराज भट्टराई (शिद्धिचरण) नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले रुपन्देही देवदहका भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ५ वर्षको हुने छ। भट्टराईले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट एप्लाइड बुद्धिजममा स्नातकोत्तर गरेका छन्।
झण्डै २ दशक पत्रकारितामा समेत क्रियाशील रहेका भट्टराई पछिल्लो केही वर्षयता राजनीतिमा समेत सक्रिय छन्। हाल उनी नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सहइन्चार्ज छन्।
सामाजिक र राजनीतिक रुपमा उनी शिद्धिचरण भट्टराईको नामले परिचित छन्।
72
Shares
प्रतिक्रिया