मधेस प्रदेश सरकारमा आज (आइतबार) उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री नियुक्त गरिएको छ।
नेकपा एकीकृत समाजवादीबाट नागेन्द्र राय यादवलाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो।
प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले नवनियुक्त राज्यमन्त्री यादवलाई बिहान पदकाे शपथ खुवाएका छन्।
राज्यमन्त्री बनेका यादव राैतहटका हुन्।
यसअघि गत मंसिर ५ गते नेकपा एकीकृत समाजवादीबाटै उद्योग वन पर्यटन तथा वातावरण मन्त्रीमा शत्रुधन महतो र प्रदेश मामिला तथा कानुनमन्त्रीमा प्रमोद यादव मधेस सरकारमा सहभागी भइसकेका छन्।
696
Shares
प्रतिक्रिया