कपिलवस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनी २०७४ सालको चुनावमा स्वतन्त्र उमेदवार बनेर कृष्णनगर नगरपालिकाको प्रमुख (मेयर) मा विजयी भएका हुन्।
शाहलाई कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु ३ का सांसद अभिषेक प्रताप शाहललगायतले शनिबार पार्टी प्रवेश गराएका हुन्।
कृष्णनगरका ३ जना वडाध्यक्षले पनि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शाहसहित हजारभन्दा बढी कार्यकर्ता आफ्नो पार्टीमा आएको दाबी नेपाली कांग्रेस कपिलवस्तुले गरेको छ।
75
Shares
प्रतिक्रिया