अर्घाखाँचीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ कार्यकर्ता पक्राउ परेका छन्।
एमसीसी र पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोधमा सदरमुकाम सन्धिखर्कमा विप्लव निकट अखिल (क्रान्तिकारी)ले गरेको प्रदर्शनका क्रममा उनीहरु पक्राउ परेका हुन्।
टायर बालेर प्रदर्शन गरी सवारी आवागमनमा असर पुराएको भन्दै संगठनका केन्द्रीय सदस्य नविन खड्कासहित ३ जनालाई पक्राउ गरिएको अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी अमरबहादुर थापाले बताए। उनीहरुविरुद्ध अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए।
87
Shares
प्रतिक्रिया