ad ad

राजनीति


सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचन : गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचन : गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

गोकुल जोशी
माघ १२, २०७८ बुधबार १९:०, कञ्चनपुर

सुदूरपश्चिममा राष्ट्रियसभा चुनावमा सत्तारुढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। 

निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसका नारायणदत्त मिश्र, माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी गरिमा शाह राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन्।

रिक्त तीन पदका लागि भएको चुनावमा गठबन्धनका तर्फबाट खुलातर्फ मिश्र, दलिततर्फ पार्की र महिलातर्फ शाह उम्मेदवार बनेका थिए। 
उनीहरुले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन्। 

खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभातर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गर्दै विजयी भएका छन्।  

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले प्रदेशसभातर्फ १३ मत पाए । स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र ६९ भट्टले मत प्राप्त गरेका छन् । स्थानीय तहतर्फ दुई मत बदर भएका थिए।

दलितमा माओवादी केन्द्रका पार्कीले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका छन्। 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन्। दलिततर्फ प्रदेशसभामा १ र स्थानीय तहतर्फ ३ मत बदर भएका थिए।

महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेशसभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याएर विजयी भएकी छन्। 

उनका प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेशसभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन्। महिलातर्फ प्रदेशसभातर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएका थिए।

सुदूरपश्चिम ५२ जना प्रदेश सांसद र १७५ जना स्थानीय तहका प्रमुख/उपप्रमुख निर्वाचनमा सहभागी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .