राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न जाँदै गरेका प्रदेश सांसद चढेको गाडी बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको गढवा गाउँपालिका १ कालाकाँटेमा दुर्घटना भएको छ।
सांसद तुलसी चौधरी चढेको बा २ झ ३४४४ स्कार्पिओ सुदूरपश्चिम –०१–००–११ १ ख २५८४ नम्बरको ट्रकसँग बिहान साढे ९ बजेतिर ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सांसद चौधरीको हातमा सामान्य चोट लागेको छ। दुर्घटनापछि चौधरी अर्को गाडी चढेर घोराही गएका छन्।
चौधरी रुपन्देही क्षेत्र नम्बर ३ ख का एमाले सांसद हुन्।
63
Shares
प्रतिक्रिया