नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन आगामी माघ ८ गते नेपालगन्जमा हुने भएको छ।
सोमबार दाङको बाह्रकुनेमा सम्पन्न एमाले प्रदेश संगठन कमिटीको बैठकले प्रदेश अधिवेशनको मिति (माघ ८) र स्थान (नेपालगन्ज) तय गरेको हो।
अधिवेशनका लागि एमाले लुम्बिनी कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संयोजकत्वमा १ हजार १ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। विभिन्न उपसमिति पनि बनाइएको छ।
अधिवेशनका लागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चुनिने छन्। जसअनुसार प्रदेश निर्वाचन क्षेत्रबाट २ सय जना संगठित सदस्य बराबर १ प्रतिनिधि चुनिने कमिटीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए।
‘त्यसरी चुनिँदा एकतिहाइ महिला अनिवार्य गर्नुपर्ने विधानमा व्यवस्था छ। समावेशितालाई पूर्ण ध्यान दिनुपर्ने छ’, उनले भने, ‘अधिवेशनबाट २ सय ५ सदस्यीय प्रदेश कमिटि चयन हुनेछ।
त्यसअघि पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय एमालेले गरेको छ।
Shares
प्रतिक्रिया