नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट कास्की उपनिर्वाचनकी उम्मेदवार विद्या भट्टराईले पोखरा–३३, भरतपोखरीबाट चुनावी अभियान सुरु गर्ने भएकी छन्।
भरतपोखरी पूर्वपर्यटनमन्त्री तथा विद्याका पति स्वर्गीय रवीन्द्र अधिकारीको जन्मथलो हो। मंसिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्व. मन्त्री रविन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट शुरू गर्ने भएकी छन्।
‘सो ठाउँलाई आफ्नो पनि राजनीतिको प्रेरणापुञ्ज भएको भन्दै विद्याले सोही क्षेत्रबाट निर्वाचन अभियान सुरु गर्दै हुुनुहुन्छ’ नेकपाले गठन गरेको उम्मेदवार व्यवस्थापन समितिका संयोजक तथा रवीन्द्रका बालसखा धनराज आचार्यले भने, ‘सो क्षेत्रबाट आशिर्वाद ग्रहण लगतै शहीदहरूको शालिकमा माल्यार्पण गरी विहीबार जिल्ला पार्टी कार्यालय शान्तिवनबाट निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।’
पर्यटनमन्त्री नै रहँदा अधिकारीको हेलिकप्टर दुर्घटनमा निधन भएपछि पार्टीले उक्त क्षेत्रमा विद्यालाई उम्मेदवारको रूपमा अघि सारेको हो।
प्रतिक्रिया