नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनको मतगणनाका क्रममा बुटवलमा झडप भएको छ।
दुई पक्षबीच झडप हुँदा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसी कुमार घाइते भएका छन्। उनी पौडेल पक्षका उम्मेदवार हुन्।
मतगणनाका क्रममा दुई एजेन्टबीच भनाभन भएको थियो। केसी छुट्याउन जाँदा प्रशान्त कोइरालाले केसीमाथि आक्रमण गरेको एक उम्मेदवारले बताए।
केसीको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। झडपपछि अहिलेलाई मतगणना स्थगित भएको छ।
६९ मत गन्न बाँकी रहँदा झडपको अवस्था आएको हो। यहाँ रामचन्द्र पौडेल पक्षका क्षेत्रीय सभापतिका उम्मेदवार हरि लम्सालको प्यानलले अग्रता लिइरहेको थियो।
रुपन्देही २ मा हिजो मतदान भएपनि मतगणना भने आजबाट सुरु भएको हो।
यसअघि प्रदेश सभा क्षेत्रको मतगणनाको क्रममा शुक्रबार भैरहवामा मतगणना स्थलमा झडप भएको थियो।
भैरहवामा कांग्रेसको मतगणना स्थलमा झडप, उम्मेदवारसहित ५ जना घाइते
Shares
प्रतिक्रिया