नेपाली कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत बैतडीमा भएको चुनावको मतगणना भइरहेका बेला ‘बोतल प्रहार’ भएको छ।
शनिबार राति शाहीलेकस्थित मतगणनास्थलमा मत गनिरहेकै बेला अज्ञात समूहले बोतल प्रहार गर्दा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय (बैतडी) ले जनाएको छ।
प्रदेश सभा (२) को मतगणना भइरहेका बेला मतगणनास्थलमा बर्साएकाे ‘रक्सी बोतल’ले लागेर दशरथचन्द नगरपालिका–६ का कांगेस नेता अर्जुन रावल घाइते भएका छन्।
‘आक्रमण कसले ग¥यो भन्नेबारे अझै खुलेको छैन। उनीहरूको खोजी कार्य भइरहेको छ’, जिल्ला प्रहरी कार्यालय (बैतडी) का डीएसपी बोधराज ओझाले नेपालखबरसँग भने, ‘राति १० बजेतिर अँध्यारोमा बोतलले आक्रमण भएको हो।’
घाइते रावलको टाउकामा चोट लागेको छ। उनको अहिले जिल्ला अस्पताल (बैतडी) मा उपचार भइरहेको छ।
Shares
प्रतिक्रिया